आफुले जीवका लागि जे सपना देखेका हुन्छौ त्यहि अनुसार काम गर्दा केहि ढिलो अथवा चाडो होस् तर त्यो अवस्य पक्का हुने मेरो अनुभवले बताउछ ।
मलाई लाग्थ्यो जस्ले आफुले आफुलाई चिन्दैन त्यो मान्छेले जीवनमा कहिल्यै पनि सुखको अनुभव गर पाउदैन् त्यसैले मैले आफ्नो गाँउठाँउ छोडे, छोडे देखीनै आफुले आफुलाई चिन्ने प्रयत्न गरि रहे ।
मैले यस समयमा आफु आफु प्रती नै बफादार हुनु पर्दछ भने कुरा पत्ता लगाए जब मान्छे आफु सँग विश्वस्त हुन्छ तब संसारको अगाडि प्रस्तुत हुन सक्दछ । यो दुनियाँ ले जे भने पनि आफुमा भएको आत्मबिश्वास र आत्माबल केहि असर नपार्दो रहेछ ।
साचै! भन्नु पर्दा मेरो सपना अरुको भन्दा केहि फरक थियो । कम्प्युटर थोर बहुत नलेज भएको म कम्प्युटर पढेर त्यसमै जागिर खाउला भन्ने त सपना थिएर तर त्यो असम्भव पनि थिएन ।
चलि रा थ्यो जीन्दगी केहि गरि रा थे घरको निर्णयमा त्यो सहर छिरे ब्याच्लरमा भर्ना भए ब्याच्लर सहित अन्य केहि पढाई निरन्तर दिए । आफ्नो क्षेत्रमा केहि काम गर्थे कारिब दिनमा १२–१४ घण्टा, त्यो हिसाब मेरो जीवन भरका कामहरु मैले ५ बर्षमा नै गरी सक्छु कि जस्तो लाग्थ्यो जुन बेला म आइटि क्षेत्र र ब्लग आवद्ध रहि काम गर्थे । त्यो अन्जान सहरमा केहि कठिनाई खेप्दै साधरण जीवनयापन गर्न सक्ने गरी कमाइ गर्थे ।
मेरा केहि सपना मध्ये हरेक थप नयाँ कुरा सिक्नु थियो जुन सपना पुरा हुदै छ म केही झननयाँ सिक्ने प्रयासमा छु ।
झट्ट हेर्दा म सोझो, जिद्दी, घमन्डी देखिने, रिस उठ्दा कन्सिरिको रौ तातेर आउने केटोको मन कोहिले कस्ले जित्यो कि जस्तो लाथ्यो म पनि….
विगतको यो वर्षका मेरा भोगाइहरु अन्य कुनै वर्ष सँग तुलना योग्य रहेन्, संयोग नै मान्नु पर्छ मेरो लागि यो वर्ष बाढी पोहिरोका कारण बाटोमा ५ दिन तनाव भइ वस्नु, दिनमा दुई गुण रातमा चौ गुण फैलिने विश्व व्यापि माहामारी कोरोना भाइरस(कोभिड 19) को कारणले त्यो सहर छोडी गाँउ आउन बाध्य हुनु जस्ता इत्यादी समस्याहरु बाबाजुत पनि म मा केहि उत्साहाका साथ काम गर्ने उर्जा थपि आउदा दिनमा मैले देखेका मेरा हर सपनाको लागि म अर्थक प्रयास गर्ने छु ।